चलचित्र पत्रकार संघ, नेपालले आफ्नो स्थापनाको २० औं बर्षिक उत्सव मनाएको छ। मंगलबार बेलुकी काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उत्सव मनाएको हो। संघका अध्यक्ष सन्दिप सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथीको रुपमा सूचना तथा संचार प्रविधी मन्त्री गोकुलप्रसाद बास्कोटा उपस्थित थिए। चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइ भने कार्यक्रमको विषेश अथिती थिए।
कार्यक्रममा ५ जना चलचित्र पत्रकारलाई सम्मानित तथा पुरस्कृत गरिएको थियो। सम्मानित हुने चलचित्र पत्रकारहरुमा नरेश भट्टराई र श्याम स्मृत रहेका छन्। भट्टराई र स्मृतलाई सम्मानपत्र, दोसल्ला र ट्रफी प्रदान गरिएको थियो।
यो बर्षको ‘चलचित्र पत्रकारिता पुरस्कार’बाट पत्रकारद्धय शारदा थापा र कुबेर गिरीलाई पुरस्कृत गरियो। थापा र गिरीलाई नगद २१ हजार, ट्रफी प्रदान गरिएको थियो। यस्तै, ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट फोटोपत्रकार विनोद पोखरेललाई पुरस्कृत गरियो। उनलाई, ल्यापटप, ट्रफी प्रदान गरिएको थियो।
कार्यक्रममा चलचित्र क्षेत्रका धेरै व्यक्तीत्वहरुको उपस्थिती रहेको थियो। करिश्मा मानन्धर, भुवन केसी, रमेश उप्रेती, दीपाश्री निरौला, दिपकराज गिरी, केदार घिमिरे, निर्माता माधव वाग्ले, निर्देशक मिलन चाम्स, निता ढुंगाना, बेनिशा हमाल, केकी अधिकारी, रीमा विश्वकर्मा, बर्षा सिवाकोटी, नाजिर हुसेनलगायतले कार्यक्रममा उपस्थिती जनाएका थिए।