फिल्म ‘आधा सुर’को औपचारिक निर्माण घोषणा गरिएको छ। मंगलबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।
फिल्म क्रिउ नेपाल र ब्यास मोशस पिक्चर्सको ब्यानरमा निर्माण हुने यस फिल्मलाई अशिन पौडेलले निर्देशन गर्दैछन्। फिल्ममा अर्पण थापा, प्रविण खतिवडा, शिशिर वाङ्देल, सरिता गिरी, दीलिप रानाभाट, बबिता मल्ल, सुरज बिष्ट, सुभांगम पराजुली लगायतको मुख्य भूमिका छ। महेश जैशीले यसै फिल्मबाट डेब्यु गर्दैछन्।
निर्देशक अशिन र सौरभ कार्कीको लेखन रहेको फिल्ममा बिष्णु घिमिरे ‘कल्पित’को छायांकन, रोशनराज थापाको संगीत, केशव रानाको सम्पादन रहने छ।
भदौको पहिलो साताबाट छायांकनमा जान लागेको यस फिल्मलाई काठमाण्डौ र पोखरामा खिचिने निर्माण पक्षले बताएको छ।