शिवहरि पौडेलको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘लक्का जवना’को औपचारिक निर्माण घोषणा गरिएको छ। बुधबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।
‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’को व्यानरमा बन्न लागेको यस फिल्ममा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रुपमा रहेका छन्। धुर्वदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुती रहेको फिल्ममा सुरेन्द्र केसी र दीपेन्द्र खनिया फिल्मका सह-निर्माता हुन्।
कमेडी जनरामा निर्माण हुने यस फिल्ममा दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, किरण केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, सलोन बस्नेत, राजाराम पौडेललगायतको अभिनय रहने छ।
भदौ पहिलो साताबाट छायांकनमा जाने भनिएको यस फिल्मले आगमी चैत ७ गतेलाई आफ्नो रिलिज टर्गेट गरेको छ।