 दशैंलाई रिलिज टार्गेट राखेको फिल्म ‘छ माया छपक्कै’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। मंगलबार निर्माण पक्षले नै फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरेको हो।
दशैंलाई रिलिज टार्गेट राखेको फिल्म ‘छ माया छपक्कै’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। मंगलबार निर्माण पक्षले नै फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य चार कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारी फिचर छन्। दीपकराज, केदार र जितुलाई कमेडी लुक्समा देखाइएको छ भने केकीलाई सुन्दरी युवतीको रुपमा देखाइएको छ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्मलाई दीपकराज गिरीले लेखेका हुन्। आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुतीमा तयार भएको फिल्ममा रोहित अधिकारीको लगानी रहेको छ। फिल्मका कार्यकारी निर्माता जितु नेपाल र केदार घिमिरे हुन्।
 
                                                                                               







 
			   
			   
			   
			   
			  