शुक्रबारबाट फिल्म मारूनीले आफ्नो प्रदर्शन आरम्भ गरेको छ। रिलिज भएको पहिलो दिन फिल्मको व्यापार सन्तोषजनक छ। फिल्मलाई दर्शकले रुचाएका पनि छन्।
फिल्म हेरेका दर्शक र समिक्षकले फिल्मको कथावस्तु, क्लाइमेक्स र प्रस्तुति मन पराएका छन्। फिल्मको सस्पेन्स पाटोलाई पनि दर्शकको मन जितेको छ। कलाकारको अभिनयको पनि दर्शकले तारिफ गरेका छन्। वर्ड अफ माउथले दर्शक हलसम्म तान्न सक्ने अनुमान गरिएको छ।
फिल्मले पाएको राम्रो प्रतिकृयाले दर्शक थपिनेमा निर्माण टिम विश्वस्त देखिएको छ। फिल्मबाट पाएको प्रतिकृयाबाट निर्माण टिम निकै खुसी देखिएको छ। आफूले गरेको मेहनतलाई दर्शकले रुचाइदिएको टिमको भनाई छ।
नवल नेपालको निर्देशनमा बनेको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङको मुख्य भूमिका छ। पूनम गौतमले फिल्मलाई निर्माण गरेकी हुन्।