निर्देशक दिवाकर भट्टराइले नयाँ फिल्मको तायरीमा छन्। उनले बनाउन लागेको फिल्मको नाम ‘तिमीसँगै हुने मन छ’ राखिएको छ।
लभ स्टोरी जनरामा निर्माण हुने फिल्मको कथा र पटकथाको काममा भइरहेको छ। फिल्ममा उनले नायिका दीपिका प्रसाईं मुख्य भूमिकामा फाइनल छिन्। फिल्मको लागि नायकमा आर्यन सिग्देलको चर्चा चलिरहेको थियो।
तर, निर्देशक भट्टराई फिल्ममा आर्यन नभएको बताउँछन्। उनले भने, ‘यो फिल्ममा आर्यन हुनुहुन्न। आर्यनसँग गर्ने भनिएको फिल्म अर्कै हो।’ नायकको नाम केही समय पछाडि कार्यक्रम गरेर नै सार्वजनिक गरिने निर्देशक भट्टराईले बताए।
ओम नम शिवाय प्रोडक्शनको ब्यानरमा बन्ने यस फिल्मको छायांकन दशैपछि सुरु हुने बताइएको छ। फिल्ममा निर्देशक भट्टराई कै लगानी रहने छ।