कात्तिक २२ गतेबाट फिल्म ‘लभ यु हमेशा’ रिलिज हुदैँछ। प्रचार स्वरुप निर्माण पक्षले शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक गरेको छ। त्रिकोणात्मक प्रेमकथालाई देखाइएको फिल्मलाई भाष्कार प्रधानले निर्देशन गरेका छन्।

फिल्ममा यशराज गरच, फिजा योन्जन, ऋचा थापा, शिशिर राणा, करुणाश्रेष्ठ, निराजन मेहता, हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’को मुख्य भूमिका रहेको छ।
प्रदर्शन मिति नजिकिएसँगै निर्माण पक्षले फिल्मको प्रचार प्रसार गरिरहेको छ। अहिले निर्माण पक्ष देशको विभिन्न हलहरुमा पुगेर दर्शक साक्षत्कार गरिरहेको छ। फिल्मका कलाकार र निर्माण टिम राजधानीका सिंगल तथा मल्टिप्लेक्स हलमा पुगर्र विभिन्न खेल खेलाउदै पुरस्कार स्वरुप ‘लभ यु हमेशा’ अंकित कप, पेन तथा डायरी प्रदान गरिरहेका छन्।
फिल्मले फेसबुक प्रोफाइलमा ‘लभ यु हमेशा’को फ्रेम राख्ने मध्ये हरेक हप्ता एक जना दर्शकलाई नगद २ हजार ५ सयका साथमा विभिन्न उपहार प्रदान गर्ने घोषणा गरेको छ। फिल्म प्रदर्शन भन्दा दुई साता अघिबाट दैनिक रुपमा फेसबुक तथा टिभी लाइभ शोमार्फत उपहार बिजेता सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।
‘धर्मा क्रियशन’को ब्यानरमा निर्माण भएको फिल्मलाई यवन गुरुङले निर्माण गरेका हुन्। मिलन गुरुङ सहनिर्माता रहेको फिल्मलाई शिव ढकालले खिचेका हुन्। भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मलाई मिलन श्रेष्ठको सम्पादन गरेका हुन्।