चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको एकसाथ दाहसंस्कार गरिएको छ। सोमबार पशुपति आर्यघाटमा उनीहरुको दाहसंस्कार गरिएको हो।
केशवलाई १५ वर्षिय छोराले दागवत्ति दिए भने दीपकलाई पनि उनकै छोराले दागवत्तप दिएका थिए।

सोमबार दुबैलाई चलचित्र विकास बोर्डको प्रांगणमा अन्तिम श्रद्धान्जलीको लागि राखिएको थियो। जहाँ चलचित्र क्षेत्रमा धेरै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। पशुपति आर्यघाटमा पनि आफन्त, शुभचिन्तक, चलचित्रकर्मीहरुको भिड बाक्लो नै थियो।
चलचित्र विकास बोर्ड अध्यक्ष भट्टराईलाई राष्ट्रिय सम्मान सहित नेपालको झण्डा ओडाइएको थियो। विकास बोर्डमा इश्वर पोखरेल र पशुपतिमा गोकुल बस्कोटाले उनलाई नेपालको झण्डा ओढाएका थिए। केशवलाई राष्ट्रिय सलामी पनि दिइएको थियो।
 
                                                                                               







 
			   
			   
			   
			   
			  