
नायक रणवीर कपुर र नायिका श्रद्धा कपुरले एकसाथ फिल्ममा काम गर्ने भएका छन्। रभ रञ्जनको निर्देशनमा बन्न लागेको नयाँ फिल्मको लागि दुई कपुर पक्का भएका हुन्। फिल्ममा उनीहरुले प्रेमी-प्रेमिकाको भूमिका निर्वाह गर्नेछन्।
यसअघि रणवीर र श्रद्धालाई फ्यानले एकसाथ देख्न पाएका थिएनन्। अब भने पर्दामा उनीहरुलाई दर्शकले जोडीका रुपमा देख्न पाउनेछन्। यस समचार रणवीर र श्रद्धा दुबै कलाकारका फ्यानका लागि खुसीको खबरले हुन सक्छ।
नाम तय भइनसकेको यस फिल्मलाई लभ रञ्जन र अंकुरले निर्माण गर्दैछन्। २०२० को मध्यतिर छायांकन गरिने यस फिल्मलाई २०२१ मा रिलिज गर्ने लक्ष्य राखिएको छ।
अहिले नायक रणवीर कपुर फिल्म ‘ब्रम्हास्त्र’को छायांकनमा व्यस्त छन्। नायिका श्रद्धा कपुर भने रिलिजको तयारीमा रहेको फिल्म ‘स्ट्रिड डान्सर थ्रि’को प्रचारमा लागिरहेकी छिन्।