.jpg)
फिल्म ‘चपली हाइट ३’को छायांकन सकिएको छ। छायांकन सुरु भएको करिव ३२ दिनमा फिल्मको सम्पूर्ण दृष्य कैद गरिएको हो। अब फिल्मको गीत खिच्न बाकीँ छ। निर्माता अर्जुन कुमार प्राविधिक र कलाकारको साथले फिल्मको छायांकन समयमै सकिएको बताउँछन्।
उनले भने, ‘हामीले जुन समयमा छायांकन सक्ने लक्ष्य राखेका थियौँ सोही समयमा नै छायांकन सकाएका छौँ। कलाकार र प्राविधिकले दिनरात नभनी काम गर्नुभएको छ। त्यसैले यो सम्भव भयो।’ फिल्म ‘चपली हाइट ३’लाई काठमाडौं र यसको आसपासको क्षेत्रमा खिचिएको छ।
सस्पेन्स थ्रीलर कथामा यो फिल्मलाई निकेश खड्काले निर्देशन गरेका छन्। फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। फिल्मले चैत्र २८ गतेलाई रिलिज लक्ष्य राखेको छ।
नायिका स्वस्तिमा खड्का फिल्मको काम राम्रो भएको बताइन्। उनले भनिन्, ‘हामीले हाम्रो तर्फबाट राम्रो काम गरेका छौँ। कामबाट सन्तुष्ट नै छौँ। अब हेरौँ, पुर्ण फिल्म तयार हुदा कस्तो हुन्छ।’