लोक गायकको रुपमा आफूलाई स्थापित गरेका गायक प्रकाश सपुत फिल्ममा डेब्यु गर्दैछन्। उनले नारायण रायमाझीको निर्देशनमा बन्न लागेको फिल्म ‘परदेशी २’बाट डेब्यु गर्न लागेका हुन्।
यस फिल्मको लागि प्रकाश सुरुवाती दिन देखि नै अनुबन्धित छन्। तर, नायिकाको भने तय भइसकेको थिएन। अब भने निर्देशक रायमाझीले प्रकाशको जोडी जुराएका छन्। उनले नायिका वर्षा सिवाकोटीलाई प्रकाशको जोडीका रुपमा पर्दामा प्रस्तुत गर्न लागेका छन्।
निर्माण पक्ष र वर्षा बीच लिखित सम्झौता पनि भइसकेको छ। तर, दुबै पक्षले यस विषयमा केही बोलेको छैन्। केही दिनमा नै कार्यक्रम गरेर उक्त कुरा सार्वजनिक गर्ने सुरमा निर्माण पक्ष रहेको छ।
फागुणको दोश्रो साताबाट छायांकनमा जाने यस फिल्मले वैदेशिक रोजगारीमा जाने नेपालीको पिडालाई पर्दामा प्रस्तुत गर्नेछ।
केही वर्ष अगाडि रिलिज भएको फिल्म ‘परदेशी’ले बक्सअफिसमा धमकेदार व्यापार गरेको थियो। उक्त फिल्ममा प्रशान्त तामाङ र रजनी केसीको मुख्य भूमिका रहेको थियो। परदेशी २ मा भने उनीहरुलाई देख्न पाइने छैन्।