
काठमाडौं । प्रणय दिवसको अवसर पारेर सर्जक इश्वर थापाको प्रस्तुति तथा निर्देशनमा तयार गरिएको ‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। इड्वर्ड थापा र अलिसा गुरुङको स्वर रहेको गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र सुगम श्रेष्ठको अभिनय रहेको छ ।
प्रेमभाव झल्किने उक्त गीतमा शब्द तथा संगीत स्वयं निर्देशक इश्वर थापाकै रहेको छ। संगीत संयोजन जर्ज क्षेत्रीले गरेका छन्। भिडियोको छायांकन जीवन पराजुलीले गरेका हुन् भने सम्पादन प्रकाश पण्डितले गरेका छन्।
भिडियो ‘इश्वर थापा अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।






