
काठमाडौं । नेपाल फिल्म सोसाइटी, अभियान तथा ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी को संयुक्त बैठकले अभिनेता सुनिल थापाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा विभिन्न निर्णयहरू गरेको छ। बैठकले अभियान संस्थाको तर्फबाट थापालाई मरणोपरान्त ‘अभियान रत्न सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ।
त्यस्तै, ग्लोबल नेपाली फिल्म अवार्डको आगामी समारोहमा उनलाई ‘ग्लोबल दीर्घ साधना सम्मान’ प्रदान गरिने निर्णय भएको छ। साथै, आगामी वर्षहरूदेखि प्रत्येक ग्लोबल नेपाली फिल्म अवार्ड समारोहमा विशिष्ट चलचित्रकर्मीलाई प्रदान गरिने नयाँ सम्मानलाई ‘सुनिल थापा स्मृति सम्मान’ नामकरण गर्ने निर्णयसमेत गरिएको छ।
नेपाल चलचित्र क्षेत्रमा थापाले पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै उनको स्मृतिलाई सदा अमर राख्ने उद्देश्यले यी सम्मान स्थापना गरिएको हो।


