हाल प्रदर्शन भइरहेको तामिल चलचित्र ‘कबाली’का निर्देशक पीए रन्जितले तामिलस्टार सूर्यालाई लिएर नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । तामिल फिल्म ‘सिंघम’को तेस्रो सिक्वेलमा हाल काम गरिरहेका सूर्यालाई अहिले रन्जितले दुई चलचित्रको स्क्रिप्ट देखाइसकेका छन् भने सूर्याले दुई स्क्रिप्ट मध्ये जुन रोजे पनि चलचित्र निर्माण गर्ने बताइएको छ । सूर्या तामिल फिल्ममा सबैभन्दा बढि ब्लकमास्टर फिल्म दिने अभिनेता हुन् । एक्शनमा निकै जमेका सूर्याको तामिल फिल्म सिंघमको दुई भाग निकै हिट भएको थियो । तामिलमा ‘सिंघम’ले धमाका मच्चाएपछि बलीउडमा रोहित शेट्ठीले अजय देवगनलाई लिएर ‘सिंघम’ बनाएका थिए । सूर्याको मद्रास फिल्मबाट निकै प्रभावित पीए रन्जितको आफ्नो फिल्म गर्नका लागि सूर्यालाई केही महिना प्रशिक्षण गर्नु पर्ने शर्त राखेका छन् । स्रोतका अनुसार सूर्याले सिंघमको छायाँकन सकाएरपछि पीए रन्जितको चलचित्रका लागि प्रशिक्षणमा समय दिनेछन् ।