आकांक्षा बस्यालको स्वरमा ‘म पग्लन्छु’ बोलको म्यूजिक भिडियो सार्बजनिक भएको छ । ‘साकार २’ मा समाबेश सार्बजनिक गीतमा दिनेश अधिकारीको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ । भिडियोमा सन्दिप शाही, ज्योत्सना योगी, प्रिया रानी लामा रचिता क्षेत्री लगायतको अभिनय रहेको छ । सागर राजले निर्देशन गरेको म्यूजिक भिडियोमा अनिल के. मानन्धरको छायांकन, बिक्रम सुनारको नृत्य र बिकास ज्ञावालीको कलर र सम्पादन रहेको छ । आकांक्षाका ‘मलाई रुन देउ’, ‘तिमी छौ र त’, ‘म त राम्री छु रे’, ‘चोखो माया’ लगायतका गीतहरु हिट छन् ।