हलीउडस्टार किम कार्दासियलाई नचिन्ने सायदै कोही छ होला । उनी संसारको शीर्ष सेलिब्रिटीमध्येकी एक हुन् । उनको कुरा गर्ने बित्तिकै मानिसहरु उनको सुगठित शरिर र चिटिक्क परेको अनुहार सम्झन्छन् तर के उनी जन्मजात नै यती सुन्दर जन्मिएकी हुन् या यी सबै बनावटी हुन् । यसबारे आज हामी तपाईंलाई बताउँदैछौं । उनको पहिलाको तस्बिर र अहिलेको तस्बिरमा आकाश–पातालको फरक छ ।
किम कार्दासियन र्यापर रे जेसँगको एक एडल्ड भिडियो सार्वजनिक भएपछि संसारसामू परिचित भएका छन् । सन् २००७ मा अनएयर उनको रियालिटी टिभी सो सबैभन्दा हेरिने टेलिभिजन सो थियो । उनको रुप र फिगरमा संसार कायल छ । यद्यपी, यसको कमाल प्लाष्टिक सर्जरी भएको सबैले अनुमान गर्नसक्छन् । यसको प्रमाण यहाँ दिइएका तस्बिरहरुले पनि दिन्छ ।
प्लाष्टिक सर्जरीका कारण उनी पछिल्लो १० वर्षमा निकै परिवर्तन भइसकेकी छिन् । यद्यपी किमले भने आफूले कहिले पनि प्लाष्टिक सर्जरीको सहायता नलिएको बताएकी छिन् । आफ्नो एक्स रे देखाएर उनले यसको पुष्टिसमेत गर्न खोजेकी छिन् । यता डाक्टरले भने उनले आफ्नो खुट्टाको बोसो हटाएको र यसलाई बटक्समा इन्जेक्ट गराएकी थिइन् । यसका साथै एक सेलिब्रिटी म्यागजिनको दाबी अनुसार किमले पातलो नाक पाउनका लागि महँगो सर्जरी गराएकी थिइन् । सेलिब्रेटी इन्टरटेन्मेन्ट वेबसाइट रडार अनलाइनसँगको अन्र्तवार्तामा डाक्टरले पनि उनको नाकको सर्जरी स्विकारेका छन् ।