सय वर्ष पहिलाका पुस्ताको कथालाई प्रस्तुत गरिएको फिल्म ‘पुरानो पुस्ता’ ले आफ्नो प्रदर्शन मिति फाइनल गरेको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार फिल्म मंसीर ३ गतेबाट अल नेपाल रिलिज हुँदैछ । फ्लोरिना फिल्मस् प्रालिको प्रस्तुतिमा तयार भएको भएको फिल्ममा दीप सागरको निर्देशन छ । रोल्पा र प्युठानमा छायांकन गरिएको फिल्ममा शेरबहादुर गुरुङ, विराज विष्ट, अनिश मगर, देव नेपाल, सृष्टि, कृष्ण सुनार, तेजबहादुर तामाङ, मेनुका लगायतका कलाकारले अभिनय गरेका छन् ।
सावित्री ओली कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जिव पौडेलको लेखन र दीपसागरकै छायांकन छ । निर्देशक दीपसागरले राप्तीका पहाडी जिल्लाहरुको रमणीय दृष्य फिल्ममा दर्शकले हेर्न पाउने बताए । ‘पहिलेका मानिसहरुले दैनिक गुजार्ने गरेका संघर्ष कथामा चित्रण गरिएको छ’, उनले भने, ‘नुन, तेल किन्न कहाँ जानुपर्दथ्यो र कतिसम्म दुःख गर्नुपथ्र्यो भन्ने कुरा फिल्ममा देखाइएको छ ।’ आफ्नो फिल्म अन्य फिल्म भन्दा फरक र मौलिक विषय बस्तुसहित बनेकाले सबैले मन पराउने दाबी उनले गरे । फिल्ममा तीनवटा गीत समावेश छन् । जसमा डमप्रकाश पुन र दीप सागर जिसीको संगीत र कृष्णप्रसाद पौडेलको छ ।