कार्तिक १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘राधा’ को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । अधिकाँश छायाँकन झापामै भएको चलचित्र ‘राधा’ को फष्टलुक पोष्टर झापा दमकमा एक पत्रकार सम्मेलन मार्फत रिलिज गरिएको हो । चलचित्रको पोष्टर दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले सार्वजनिक गरेका हुन् । कार्यक्रममा निर्देशक योगेश घिमिरे, स्क्रिप्ट राइटर प्रदीप भारद्धाज सहित दमक उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विमल खतिवडा, प्रथम उपाध्यक्ष गोपाल गुरागाई, एफडी कम्पनीका पूर्वाञ्चल वितरक चौतन्य बराल एवं नेपाल चलचित्र संघ पूर्वाञ्चल बेल्टका निवर्तमान सभापति विकास कोइराला लगायतको उपस्थिती थियो ।
पत्रकार सम्मेलनमा निर्देशक घिमिरेले माया प्रेमका कथालाई मुख्य विषय बनाईएर राम्रो चलचित्र दिन आफूले खोजेको बताए । कार्यक्रममा उपस्थित हुन पुगेका स्क्रिप्ट राईटर प्रदीप भारद्धाजले चलचित्र राधाको कथा चट्पटे स्वाद जस्तै रहेको बताए । उनले २ घण्टाको समयमा दर्शकले भर्पूर मनोरञ्जन पाउँने दावी समेत गरेका छन् । चलचित्रमा जीवन लुइँटेल र संचिता लुइँटेलको मुख्य भुमिका रहेको छ ।