बालबालिकाको विषयमा आधारित चलचित्र ‘छायाँ’ को ट्रेलर सार्वजनिक भएको छ । मनोज पण्डितको लेखन र निर्देशनमा बनेको चलचित्र छायाँमा अनुप बराल, अरुणा कार्की, साईब्रत आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् ।
इन्ट्याक्ट मिडियाको प्रस्तुति र भ्वाइस अफ चिल्ड्रेनको निर्माणमा बनेको चलचित्र ‘छायाँ’लाई मनोज पण्डितले निर्देशन गरेका हुन् ।
चलचित्र निर्माण पक्षले उमेर बढ्ने क्रमसँगै बालबालिकामा आउने परिवर्तन र त्यसले निम्त्याउन सक्ने खतरालाई न्यूनीकरण गर्न चलचित्रले सन्देश दिने निर्देशक पण्डितले जानकारी दिए । यो चलचित्रले चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सर्वोत्कृष्ट कथानक चलचित्र र सोही चलचित्रका निर्देशक मनोज पण्डितले कथानक चलचित्रतर्फ सर्वोत्कृष्ट निर्देशकको पुरस्कार प्राप्त गरेका थिए । यो चलचित्र मंसीर ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।