अक्टोबर १ मा बलिउडकी नायिका ऐश्वर्या राय बच्चनले आफ्नो ४३ औं जन्मदिन मनाएकी छिन् । ऐश्वर्याका केही अचम्मका बानीहरु छन् ।
उनी काम गर्ने समयमा एकदमै ब्यवसायिक ढंगबाट गर्छिन् । उनी सेटमा मोबाइल लिदिनन् । ‘धुम २’का निर्देशक सन्जय गाधवीले भने, ‘ऐश्वर्या सेल फोनको सारा काम सेटमा सट दिनुपूर्व गरिसक्छन् । त्यसपछि उनी लञ्च, ब्रेक वा प्याकअपपछि मात्र फोन युज गर्छिन् । सटको समयमा कहिल्यै पनि उनका म्यानेजरले ‘म्याम तपाईंको फोन छ’ भनेको सुनिदैंन् ।’
मिस युनिभर्समा ऐश्वर्याले जित्लिन भनेर कसैले सोचेका थिएनन् । तर, प्रश्न उत्तर राउण्डमा खराब प्रदर्शन गरेपछि सुस्मिता सेन पराजित भइन् । उनीसँगै रहेका एक जना भन्छन्, ‘ऐश्वर्या आफ्नी आमासँग थिइन र उनी एकदमै निराश देखिन्थिन् । उनलाई यो निराशाबाट बाहिर आउन निकै समय लाग्यो ।
ऐश्वर्या आजलक विदेशीहरुकै शैलीमा अंग्रेजी बोल्छिन् । उनी अन्तर्राष्ट्रिय सेलिब्रेटी र आफ्नो राम्रो अंग्रेजीका लागि पनि फेमश छन् ।
मिस वल्र्ड २०१४ मा उनले जुन तरिकाले अंग्रेजीमा सम्बोधन गरेकी थिइन । त्यसबाट कसैले भन्न सक्दैंन कि उनी नेटिभ स्कुलमा पढेकी हुन् । उनका पुराना छिमेकी, राम्रा साथी र उनीसँग काम गरेका प्रहलाद कक्कडकाअनुसार उनलाई पहिले कयौं फिल्ममा लिइएपछि अंग्रेजी आउँदैंन भन्ने सूचना दिइएको थियो ।’ तर, अहिले उनको अंग्रेजी छुरा छ ।