आफ्नो रिलेशन सिपको विषयमा बोल्न नचाहने बलीउड अभिनेत्री आलिया भट्ट अहिले आफ्नो करियरलाई लिएर चिन्तित छिन् । सिद्धार्थ मल्होत्रासँग प्रेमसम्बन्धमा रहेको खबरहरु बाहिर आइरहेको अबस्थामा हालै एक अन्तर्वार्तामा आलियाले भनेकी छिन्, ‘मलाई निजी जिन्दगीको विषयमा कुराकानी गर्न कुनै गाह्रो छैन तर समाज यसको लागि तयार छैन् । भारतमा हामी एक यस्तो सोसाइटीमा बसिरहेका छौ कि जहाँ हर कुरालाई लिएर जजमेन्ट हुने गर्छ । यहाँ एक यूवतीको कयौ व्वायफ्रेण्ड हुनु समाजमा निकै ठूलो कुरा मानिन्छ ।’ अमेरिकन सिंगर तथा गीतकार टेलर स्विफ्टको उदारहण दिँदै उनले अगाडी भनिन्, ‘स्विफ्ट जसरी डेट गर्दै आएकी छिन् यदी उनी भारतीय भएको भएँ आफ्नो यो रुचीलाई लिएर लज्जित हुनु पर्थ्यो ।’ उनले फेरी थपिन्, ‘आफुलाई गलत चर्चाबाट बचाउनु मेरो आफ्नै जिम्मेवारी हो त्यसैले म मेरो लभ लाइफको विषयमा चुप नै रहने गर्छु ।’