नायिका रेखा थापाको डेव्यू चलचित्र ‘हिरो’ को पछाडी ‘रिर्टन्स्’ थप्दै नायक सविन श्रेष्ठले निर्माण गरेको चलचित्र ‘हिरो रिर्टन्स्’ को शिर्ष अडियो गीत सार्वजनिक गरिएको छ । चलचित्रको शिर्ष गीतको अडियोमा चलचित्रका केही दृश्यहरु पनि राखिएको छ । यो गीतमा टंक वुढाथोकीको शब्द, संगीत र स्वर छ । गायिका मनिषा पोखरेलले टंकलाई स्वरमा साथ दिएकी छिन् । चलचित्र ‘हिरो रिर्टन्स्’ मा रेखा थापा, सविन श्रेष्ठ, दिल श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्र ‘पर्खिराख है’ मा मुख्य नायकको रुपमा काम गरेपछि नायक दिल श्रेष्ठले यो चलचित्रमा अभिनय गरेका हुन् । चलचित्रमा चन्द्र पन्तको एक्सन छ भने कथा, पटकथा तथा संवाद शिवम् अधिकारीको छ । मित्र गुरुङको सम्पादन, मदन काश्यप घिमिरे रहेको चलचित्रमा चन्द्र गौतम, सहदेव गौतम र भिम न्यौपाने लगानी छ । अमित श्रेष्ठ चलचित्रका कार्यकारी निर्माता रहेका छन् । चलचित्र ‘हिरो रिर्टन्स्’ को रिलिज मिति भने फाइनल गरिएको छैन ।