काठमाडौं । विदेशी भूमिमा चलचित्र अवार्ड हुनु राम्रो कुरा हो । तर, यस्ता अवार्ड कार्यक्रम व्यवस्थित र मर्यादित बनाउन नसक्दा दिनानुदिन विवादित र बद्नाम हुने क्रम पनि बढ्दो छ ।
बल्लबल्ल निर्माण गरेको चलचित्रले अवार्ड पाउँदा कलाकार त त्यसै पनि दंग भई नै हाल्छन् । तर, केही हजारमा किन्न पाईने अवार्ड थाप्न उपस्थित हुने कलाकारको नाममा मोटो रकम उठाएर आयोजकले ठगिरहेको बारेमा धेरै कलाकार अनबिज्ञ छन् ।
कुनै बेला कलाकारले अग्रेजी दैनिक वा नाम चलेका पत्रिकामा आफ्नो समाचार लेखाएर अमेरिका वा अन्य देशमा जाने गर्थे । हुन त यो क्रम अहिले पनि जारी नै छ । तर, पहिलेको तुलनामा कम । त्यो बेला पत्रकार प्रयोग राम्रैसंग भएका थिए । तर, अहिले कलाकारहरु त्यस भूवँरीमा फसेका छन् । अवार्डको नाममा विदेश जाने र उनीहरुले देखाएको प्रस्तुतीको आधारमा आयोजक तथा सहआयोजक मिलेर टिकट विक्री गर्ने, स्पोन्सर माग्ने तथा अतिथि बनाईदिन्छु भनेर आर्थिक सहयोग लिनेहरुको विगविगी छ । त्यति मात्रै होइन, भविष्यको खोजीमा रहेका युवा वा सघर्षशील कलाकारले त अवार्ड कार्यक्रममा भाग लिन आफै टिकट र भिसा बापतको रुपैया तिरेरै पनि जाने गरेको यथार्त लुकेको छैन । यो रोगबाट त पत्रकारहरु पनि ग्रसित छन् । प्रोफाईल बन्ने लोभमा यसरी विदेशमा हुने अवार्ड कार्यक्रममा जानु कति ठि, कति बेठिक ? चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा अवार्ड यस पटक दुबईमा हुदैछ । भोली शुक्रबार हुन लागेको यस अवार्डमा सहभागी नहुने कलाकारहरुको नाम र पोस्टर टासेर टिकट विक्री गरिरहेका छन् । हुन त यसबारे कलाकारले मुखै खोलेर विरोध नगरेपनि चलचित्र वृत्तमा यसको वहस चलिरहेको छ । अभिनेत्री रेखा थापा, केकी अधिकारीदेखि अनमोल केसी, प्रदीप कार्की लगायत दर्जनबढी कलाकारको नाम भजाउदै टिकट विक्री गरिरहेका छन् ।
चलचित्र प्राविधिक संघले फल्नाफल्ना कलाकार लिएर आउछु भनेर दुबईका सहआयोजकलाई भनेअनुसारै कलाकारको फोटो राखेर टिकट छपाए । त्यही फोटोमा भएका कलाकारलाई हेर्न, भेट्न वा उनीहरुको प्रस्तुती हेर्न आउने दर्शकले कस्तो प्रतिक्रिया दिन्छन, त्यो त कार्यक्रमकै दिन थाहाँ हुन्छ ।
यति मात्रै होइन, यस अवार्डमा निर्णायकहरु पनि सन्तुष्टि छैनन् । भरत शाक्यको नेतृत्वमा पाँच सदसीय निर्णायक समिति बनाईएको छ । स्रोतका अनुसार निर्णायकले छनौट गरेको भन्दा आयोजकको मनोमानीले कलाकार लाने तयारी गरेपछि नेफ्टा अवार्ड झनै विवादित बनेको हो । दुई दर्जन विद्यामा मनोनयन सबै कलाकारलाई अवार्ड कार्यक्रममा लैजान पर्ने हो । तर, आयोजकले आफ्नो नजिककाहरुलाई मात्रै कार्यक्रममा सहभागी गराउन लागेको दुवई आयोजक स्रोतको दाबी छ । हुन त नेफ्टा अवार्डले यसअघि हङकङ, मलेसिया, कतारमा आयोजना गरेको अवार्ड कार्यक्रममै आफ्नो हैसियत प्रदर्शन गरिसकेको छ । झण्डै एक महिना अघि सिक्किममा आयोजना भएको ईनास अवार्ड कार्यक्रम पनि भद्रगोल नै बनेको थियो । कलाकारभन्दा पत्रकारलाई बोलाएर वास्ता गरेपछि दर्जन पत्रकार विचल्लित भएको प्रमाण उनीहरुले आफ्नो फेसबुक स्टाटस र नेपाल फर्केपछि लेखेको समाचार हेरे पुग्छ । त्यस्तै यस नेफ्ना अवार्डमा पनि पत्रकार लैजानेक्रममा ठूलो विवाद भएको छ । समाचार बढी लेखिदिनेहरु मात्रै यस अवार्ड कार्यक्रममा सहभागी गराईरहदा धेरै चलचित्र पत्रकार आयोजकसंग रुष्ट छन् ।