पोखरामा हालै सम्पन्न भएको ‘चेरिष्मा फेशन नाईट’ मा चर्चित नायिका करिश्मा मानन्धर शो स्टपरको रुपमा र्याम्पमा देखिएकी थिइन । चेरिष्मा बुटिकद्धारा तयार गरिएको लेहंगामा मुस्कुराउँदै स्टेजमा उत्रिएकी उनलाई देख्ने बित्तिकै दर्शकले हुटिङ र तालिले स्वागत गरेका थिए । सदाबहार नायिकाको उपमा पाएकी करिश्माले आफ्नो सुन्दरताको जादु छर्दै चेरीष्माको पहिरनको खुलेरै प्रशंसा गरिन् ।
जाडोका प्रवाहा नगरी बसिरहेका दर्शकहरुलाई आफै अभिनित चलचित्रका गीत ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेऊ न…’ गाएर थप मनोरञ्जन प्रदान गरेकी थिइन । नेल्शन इन्टरटेइनमेन्ट प्रा.लि. को व्यवस्थपानमा संचारकर्मी एवं कोरियोग्राफर जयन सुब्बाको कोरियाग्राफी रहेको फेशन शोमा चेरिष्मा इम्पोरियम एण्ड बुटिककी संचालक सिता बरालको डिजाइनमा तयार गरिएका पहिरनलाई काठमाडौंका प्रोफेशनल एवं फ्रेश मोडलहरुलेसाडी ,लेहेंगा एव कुर्ता प्लाजो सेट गरि तीन राउण्डमा प्रदर्शन गरिएको थियो ।
काठमाडौंका मोडलहरु क्रमश प्रियंका मानन्धर, दिव्या महर्जन, हरिशा बानियाँ, प्रगति श्रेष्ठ, रोमी खड्गी ,रोलिन थापा मल्ल, आशा आचार्य एवं पोखराका कृपा भुजेल, जिना मगर, सुलोचना ब्रजाचार्य लगायत मोडलहरु आर्कषक रुपमा र्याम्पमा प्रस्तुत भएका थिए । कार्यक्रमका थप आर्कषकको रुपमा इभेन्ट फर.यु. का डाइरेक्टर एवं पूर्व मिस्टर टिन पोखरा विशाल गुरुङ्, मिस पोखरा २०७३ कि बिजेता सदिक्षा पाण्डे, सो स्टाटर रुपमा स्टेजमा उत्रिएका थिए भने मिस एस.एल.सी पोखरा २०१६ की विजेता प्रेरणा पराजुली गेस्ट मोडलको रुपमा प्रस्तुत भएकी थिइन ।
काठमाण्डौबाट गएका डान्स कोरियोग्राफर तेन्जु योन्जनको आकर्षक एव ग्ल्यामर रिमिक्स नृत्यले दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो । पोखरा उद्योग बाणिज्यद्धारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलाको समापन समारोहको पूर्व सन्ध्यामा आयोजित “चेरिष्मा फेशन नाइट” लाई दर्शकले निकै मन पराएको र चाँडै नै अर्को फेशन शो गर्ने तयारीमा रहेको नेल्शन इन्टरटेइनमेन्ट प्रा.लि.की म्यानेजिङ डाइरेक्टर अनिसा श्रेष्ठले जानकारी दिइन् ।