सिल्भेस्टर स्टालोनको हलिउड एक्सन फ्रान्चाइज ‘एक्सपेन्डेब्ल्स’ को अन्तिम श्रृखंला बन्ने पक्का भएको छ । फिल्ममा स्टालोनको साथमा बर्ने रोस, जेसन स्टाथम, लि क्रिसमस तथा आर्नोल्ड स्वाजनेगर खेल्ने पक्का भएको छ भने अघिल्ला श्रृखंलाका अन्य कलाकार पनि खेल्छन् वा खेल्दैनन् त्यो भने पक्का भइसकेको छैन । फिल्मका दुई श्रृखंलाले बक्स अफिसमा ३०० मिलियन अमेरिकी डलरको कमाइ गरेको थियो। रिलिज अगावै इन्टरनेटमा लिक भएका कारण व्यापार प्रभावित भएको तेस्रो श्रृखंलाले भने २१४ मिलियन अमेरिकी डलरको कमाइ गरेको थियो। यसको फिल्मको अन्तिम श्रृखंला सन् २०१८ मा रिलिज गरिनेछ।







