शर्ट मुभी सेक्सोहलिकबाट चर्चामा आएकी एक्ट्रेस शमा सिकंदरले हालै सबैलाई चकित बनाइदिने बयान दिएकी छिन् । आजभन्दा ५ बर्ष अगाडी उनी बायपोलर डिसअर्डरबाट यति धेरै डिप्रेशनको शिकार भएकी थिइन कि उनले एकपटक त आत्महत्या गर्ने कोशिस समेत गरेकी थिइन । शमांका अनुसार एक पटक उनी आत्महत्या गर्ने अन्तिम तयारीमा थिइन । बताइदिउँ कि केही महिना अगाडी मात्र उनी यो विरामीबाट बाहिर निस्किएकी छिन । रिपोर्टका अनुसार, शमां आफ्नो विरामीबाट निकै निराश थिइन । एक रात उनले आफुलाई नै सिध्याउनेसम्मको सोच बनाएकी थिइन ।