नायिका करिश्मा मानन्धर, झरना थापा, रेखा थापा, नम्रता श्रेष्ठ, शिल्पा पोख्रेल लगायतका केही नेपाली नायिकाहरु निर्मात्री समेत बनिसकेका छन् । अभिनयसँग सँगै चलचित्र निर्माण तर्फपनि पछिल्लो समय धेरै नायिकाहरु आकर्षित हुँदै आएका छन् । तर, नायिका रेखा थापा बाहेक अन्य अभिनेत्रीहरुलाई भने निर्मात्री बन्दा खासै सफलता मिलेको देखिन्न । यही भिडमा फेरी अर्की नायिका पनि थपिएकी छिन् निर्मात्री बन्न । अब चाँडै नायिका निशा अधिकारी आफ्नै लगानीमा चलचित्र निर्माण गर्ने तयारीमा छिन् । उनले चलचित्रको लागि नायिका समेत फाइनल गरेकी छिन् । अनटाइटल प्रोजेक्टमा निशाले नायिका वेनिशा हमाललाई फाइनल गरिसकेकी छन् । चलचित्रको कथावस्तु अनुसार वेनिशा फिट भएका कारण चलचित्रमा लिएको निशाले बताइन । चलचित्रलाई सिमोस सुनवारले निर्देशन गर्दैछन् । चलचित्रमा नीशा र सिमोसको लगानी रहनेछ । हाल चलचित्रको लागि लोकेशन हन्टिङको काम भैरहेको छ । अहिले लोकेशन खोजीका लागि लम्जुङको घले गाउँमा नीशा र सिमोस पुगेका छन् । द एल्लो ब्याण्ड क्रियसनको ब्यानरमा यो चलचित्र बन्नेछ ।