बलिउडमा डिभोर्सको विषयमा अरबाज खान र मलाइका अरोराबीच जति चर्चा भएको छ अरु सेलिब्रिटीको डिभोर्सको चर्चा त्यति भएको पाइदैन ।
डिभोर्सका लागि अदालतमा मुद्धा दायर समेत गरेका यी जोडीको कहिले डिभोर्सको टुंगो लाग्ने हो अझै यकिन भन्न गाह्रो भएको छ । मलाइकाले डिभोर्ससँगै १० करोड रुपैयाँ मागेकी छिन् । मलाइकाकी वकिलले ब्रान्द्राको फ्यामिली कोर्टमा भनेका छन्,‘मलाइकाको छोराको पढाइका लागि मासिक रुपमा दिनुपर्नेछ, डेढ करोड रुपैयाँ छोराको नाममा फिक्स डिपोजिट गर्नुपर्नेछ ।’
मुम्बईमा बस्नका लागि बान्द्रामा रहेको फ्ल्याट र २ करोड पर्ने कार पनि मलाइकाले मागेकी छिन् । तर, कोर्टमा अरबाजका वकिलले भने मलाइकाको माग पुरा गर्न नसक्ने बताएका छन् । कोर्टले भने बैठक बसेर आपसी समझदारी गरेर समस्या सुल्झाउन सल्लाह दिएको छ ।