बलीउड अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा हृदयघातका कारणले शुक्रबार निधन भयो । पद्यभूषण सम्मानबाट सम्मानित बलिउडका भर्सटाइल अभिनेता ओमको जन्म १८ अक्टोबर १९५१ मा पटियालामा भएको थियो ।
बलीउडको साथै कैयौँ हलिउड फिल्ममा समेत अभिनय गरेका ओमको व्यक्तिगत जीवनभने सधैं विवादित रह्यो । सन् १९९० मा उनले सीमाकपुरसँग पहिलो विवाह गरे तर विवाहको एक वर्ष पछि नै उनको जीवनमा नन्दिताको आगमन भयो । सीमाले नन्दितालाई आफ्नो घरबार तोडेको आरोप लगाइन् । सीमासँग सम्बन्ध विच्छेद गरेपछि ओमले नन्दितासँग विवाह गरे र उनीहरुबाट छोरा इशानको जन्म भयो । पछि नन्दिता र ओम पनि सन् २०१३ मा अलग भए । उनले ओममाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् ।
१. एक वर्ष पनि टिकेन पहिलो विवाह
ओम पुरीको पहिलो विवाह सन् १९९० मा सीमासँग भएको थियो । तर, यो विवाह १ वर्षभन्दा धेरै टिकेन । विवाहको केही महिनापछि नै ओमको जीवनमा पत्रकार नन्दिता पुरीको आगमन भयो । कोलकातामा एक अन्तवार्ताको क्रममा ओम र नन्दिताको भेट भएको थियो । विवाहित भए पनि ओमले नन्दितासँग प्रेमसम्बन्ध अघि बढाए । त्यसपछि सीमा र ओमको सम्बन्ध विच्छेद भयो ।
२. दोस्रो विवाह पनि विवादित रह्यो
सन् १९९३ मा ओम पुरीले नन्दितासँग विवाह गरे र उनीहरुको एक छोरा पनि भए । ओमको बायोग्राफी‘अनलाइक्ली हिरोःओम पुरी’ नन्दिताले नै लेखेकी थिइन् । सन् २००९ मा यो सार्वजनिक भएपछि यी दुईको सम्बन्ध बिग्रन सुरु भयो । पुस्तकमा बताइएअनुसार ओम नन्दिताको साथमा हुँदापनि सीमासँग भेटघाट गरिरहन्थे र यसै कारणले यी दुईको सम्बन्धमा फाटो आएको हो । यसपछि यी दुई पनि सन् २०१३ मा अलग भए । नन्दिताले ओम माथि कुटपिट गरेको आरोप लगाइन् ।
३. १४ वर्षको उमेरमा ५५ वर्षकी नोकरानीसँग सम्बन्ध बनाए
नन्दिताले लेखेको ओमको जीवनीमा उनले १४ वर्षको उमेरमा घरकी काम गर्ने महिलासँग शारीरिक सम्बन्ध बनाएका थिए । पुस्तकअनुसार मामा घरमा काम गर्ने ५५ वर्षिया नोकर्नीसँग ओम पुरीको प्रेम भएको थियो ।
४. सबैखाले भुमिकामा फिट
फिल्म जस्तो खाले नै किन नहोस् यदी त्यसमा ओम पुरीले अभिनय गरेका छन् भने त्यो साच्चै नै कमालको हुन्छ । कमेडीको तड्काहोस वा मारधाडको मसाला सबैमा ओम पुरी फिट हुन्छन् । उनलाई मुलधारको बलिउड सिनेमाका साथसाथै आर्ट फिल्मको लागि पनि चिनिन्छन् ।
बलीउडको साथसाथै हलीउडमा पनि बनाए पहिचान
घासीराम कोतवाल फिल्मबाट अभिनय सुरु गरेका ओमले आफ्नो करिअरमा धेरै राम्रा राम्रा फिल्म दिएका छन् । जसमा आक्रोश, अर्धसत्य, जाने भी दो यारो, घायल, आवारा पागल दिवाना र चुपकेचुपके जस्ता फिल्म छन् । उनले धेरै कमेडी फिल्ममा दिएका डाइलगहरु धेरै नै लोकप्रिय छन् । यसको साथसाथै उनले २० भन्दा बढी हलीउड फिल्ममा पनि अभिनय गरेका छन् ।