केही दिन अगाडी मात्र लण्डनमा चलचित्र ‘ह्याप्पी डेज’ को छायाँकन सकाएर अमेरिका भ्रमण समेत गरेर फर्किएकी नायिका प्रियंका कार्की नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । द फ्रेम क्रियशन प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘बटरफ्लाई’ (कलर्स अफ लभ) को शीर्ष भूमिकामा प्रियंका फाइनल भएकी छिन् । अब उनले अर्पण थापा र आर्यन अधिकारीसँग रोमान्स गर्नेछिन् । प्रियंकाले यसअघि अर्पण थापा सँग चलचित्र ‘अनागत’ मा काम गरिसकेकी छिन् आर्यनसँग भने पहिलो पटक स्क्रिन शेयर गर्देछिन् । केही महिनादेखी निर्माणपक्षले नायिकाको खोजी गरिरहेको थियो । चलचित्रमा हिरोइनको च्यालेन्जिङ रोल भएका कारण उक्त भूमिका प्रियंकाले न्यायपूर्वक निर्वाहा गर्न सक्ने भएका कारण फाइनल गरेको निर्देशन ओम प्रतीकले जानकारी दिए । चलचित्र ‘के म तिम्रो होइन र’ मा आफ्नो सिक्स प्याककै कारण चर्चामा आएका आर्यन अधिकारीले बटरफ्लाईका लागि ८ केजी तौल घटाएका छन् । चलचित्र ‘बटरफ्लाई’ का निर्माता सन्तोष अधिकारी हुन् । चलचित्र कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने कन्ट्री निर्माताका रुपमा ध्रुवराज रहेका छन् । चलचित्रका सह-निर्मातामा सरोज शाह र भूपेन्द्र सुवेदी रहेका छन् । चलचित्रको छायाँकन सुरेश बज्राचार्यले गर्दै छन् भने चलचित्रको संगीतमा विकास चौधरी र दीपक शर्माले दिएका छन् ।