भारतीय टिभी रियालीटी शो ‘कौन बनेगा करोडपति (केबीसी)’ को सुरुवातदेखी नै होस्ट गरिरहेका चर्चित अभिनेता अमिताभ बच्चन आगामी सिजनमा नआउने बताइएको छ। हालसम्मका सबै सिजनमा अमिताभले होस्ट गर्दै आएको शोको एक सिजनमा भने शाहरुख खानले गरेका थिए।
तर, अब केबीसीको आगामी सिजनमा अमिताभको ठाउँमा अहिलेका लोकप्रिय अभिनेता आउने बताइएको छ। भारतीय समाचारमाध्यमका अनुसार केबीसीको आगामी सिजन रणवीर कपुरले होस्ट गर्ने भएका छन्। रणवीरले केबीसी होस्ट गर्नेबारे निकै चर्चा भइरहे पनि यसको आधिकारीक घोषणा भने भइसकेको छैन।