तपाई सबैलाई थाहा होला अहिलेकी सर्वाधिक व्यस्त नायिका प्रियंका कार्की विवाहित यूवती हुन् भनेर । २०६७ साउन १ गते नायिका प्रियंका कार्कीले रोचक मैनालीसँग विवाह गरेकी थिइन । त्यति बेला प्रियंका २५ बर्षकी थिइन । लामो समय प्रेम सम्बन्धमा रहेर विवाह गरेपनि यो जोडीको प्रेम चार बर्षमा नै ओइलियो । अमेरिकाको एलाबामा स्थित युनिभर्सिटी अफ नर्थ एलाबामाबाट फिल्म एण्ड डिजिटल मिडिया प्रोडक्सनमा ब्याचलर गर्दा गर्दै नायिका कार्कीको त्यहीँ बसेर कम्प्युटर इन्जिनियरिङ पढिरहेका रोचक मैनालीसँग प्रेम सम्बन्ध भएको थियो । प्रियंका कार्कीले ‘मेरो बेष्टफ्रेण्ड’ र ‘थ्री लभर्स’ चलचित्रको सुटिङ सकिए लगत्तै कागजी प्रक्रिया गरेर रोचकसँग डिभोर्स गरेकी थिइन । डिभोर्स भएपछि प्रियंका नेपाल फर्किएर चलचित्रमा सक्रिय हुन थालिन् भने रोचक अमेरिकामा नै बसेर काम गर्न थाले ।
प्रियंकासँग डिभोर्स भएको झण्डै ७ बर्षपछि रोचक मैनालीले अर्की युवतीसँग विवाह गर्ने भएका छन् । रोचकले अंशुमा खरेल नामकी यूवतीसँग विवाह गर्न लागेको ‘सिनेखबर डटकम’ लाई खबर प्राप्त भएको छ । उनीहरुको विवाह यही हप्ता हुने पक्का भइसकेको छ भने केटीको तर्फबाट यही माघ ११ गते पार्टीको आयोजना गरिएको छ । रोचक र अंशुमाले अमेरिकामा नै कोर्ट म्यारिज गर्ने पारिवारिक स्रोतले जानकारी दिएको छ ।