बलिउड स्टार शाहरुख खानले मुम्बईदेखि दिल्लीसम्मको यात्रा रेलमा गर्ने भएका छन्। फिल्म रईस प्रोमोशनका लागि उनले ट्रेनलाई यात्राको माध्यम बनाएका हुन्। शाहरुखसँगै फिल्मका निर्देशक राहुल ढोलकिया र निर्माता रितेश सिधवानी पनि रहने छन् । फिल्ममा पनि शाहरुखको भूमिका यात्रामा रहने पात्र रईसको रुपमा देखाइएको छ। अगस्ट क्रान्ति एक्स्प्रेस नामको रेलमा फिल्म युनिट यात्रा गर्दैछ। शनिवार दुबईमा भएको प्रोमोशनल कार्यक्रम सक्काएर शाहरुख आइतबार (आज) फर्कँदैछन्। फिल्म युनिटको मुम्बईदेखि दिल्लीसम्मको यात्रा भने सोमबार ९आज० बाट सुरु छ। सोमबार बेलुकी पाँच बजे सुरु हुने रेल मङ्गलबार बिहान ११ बजे दिल्लीको हजरात निजामुद्दिन रेल स्टेशनमा पुग्नेछ।
फिल्म यही जनवरी २५ बाट सार्वजनिक हुन्छ। फिल्ममा शाहरुखसँगै पाकिस्तानी अभिनेत्री माहिरा खान र नवजुद्दिन सिद्दिकीको मुख्य अभिनय रहेको छ।