आमिर खानलाई ‘दंगल’ को फिल्ममाथि यति धेरै विश्वास थियो कि उनले यो फिल्ममा बिना पारिश्रमिक काम गर्नको लागि राजी भए । खबरहरुका अनुसार फिल्मको सबै मुनाफामा उनको ८० प्रतिशत हिस्सा हुने शर्तमा उनले बिना पारिश्रमिक काम गरे । अन्य कुनै हिरो हुन्थ्यो भने उसले मोटो रकम लिएर फिल्ममा अभिनय गर्थ्यो र फिल्म सफल हुनु र असफल हुनुले उसलाई खासै फरक पर्दैन्थ्यो ।
यदि दंगल असफल भएको भए के हुन्थ्यो त ? आमिरको हातमा केही पनि पर्दैनथ्यो तर बलिउडका मिस्टर पर्फेक्सनिस्टले यो इन्डस्ट्रीमा लामो समय त्यत्तिकै बिताएका छैनन् । फिल्म छान्ने कुरामा उनीसँग प्रतिस्पर्धा गर्ने बलिउडमा कोही पनि छैन् । यसै क्षमताको कारणले उनले दंगलको सफलतालाई पहिले नै सुंघेका थिए ।
यो फिल्म बनाउन, प्रचार र प्रिन्टको लागि जम्मा ७० करोड रुपैंया लाग्यो । संगीत, स्याटेलाइट र अन्य अधिकारबाट नै फिल्मले १ सय ५ करोड भारु रिलिज हुन अघि नै कमायो । फिल्मको व्यापार ४ सय करोड नजिकै पुगेको छ । फिल्म अब ४ सय करोडको ब्यापार गर्न पनि लाइफ टाइम बिजनेस भारतबाट ३ सय ९० करोड रुपैंया पक्का भैसक्यो ।
यसमा १ सय ९५ करोड रुपैंया निमार्ताको खातामा जानेछ । जसको ८० प्रतिशत अथवा १ सय ५६ करोड रुपैंया आमिरलाई मिल्नेछ । अधिकारहरु बेचेर जम्मा १ सय ५ करोड पाएको छ त्यसबाट पनि ८० प्रतिशत अथवा ८४ करोड आमिरको भागमा पर्छ । यसरी आमिरले एकै फिल्मबाट २ सय ४० करोड भारु कमाएका छन् ।