चलचित्र ‘यस्तै रहेछ जिन्दगी’ मा सह-नायिकाको भूमिका निर्वाहा गरेपछि औपचारिक रुपमै नेपाली रजतपटमा भित्रिएकी नायिका अरुणीमा लम्साल एकसमयकी सफल अभिनेत्रीको रुपमा गनिन्छिन् । झण्डै १ दशक नेपाली चलचित्र क्षेत्रमा आफ्नो जवानी काटेकी अरुणीमाले आफ्नो बजार जमेको खबत ४० बढी नेपाली सिनेमामा काम गरिन् । उनको पछिल्लो चलचित्र ‘उर्वशी’ र ‘पिपल’ प्रदर्शनमा आएको थियो । संख्यात्मक हिसाबले हेर्ने हो भने प्रशस्तै चलचित्रमा काम गरेकी अरुणीमालाई एकाध चलचित्र बाहेक सबैले नराम्रैसँग धोका दिए । अर्थात यो भनौं उनका अधिकांश चलचित्रहरु नेपाली बजारमा असफल मानिन्छन् । चलचित्र असफल भएपनि उनलाई रुचाउने दर्शकहरुको संख्यामा कहिले कमी आएन ।
एक समय यस्तो पनि थियो आफ्नो चलचित्रमा अरुणीमा नायिका बन्न राजी भए मात्र चलचित्र निर्माण गर्न निर्माताहरु तम्सिन्थे तर विस्तारै यूवापुस्ताका दर्शकहरुले अरुणीमाको विकल्प खोज्न थालेपछि उनीपनि अन्य नायिकाहरु झै पलायन हुन बाध्य भईन । झण्डै २ बर्षदेखी नायिका अरुणीयमा श्रीमान अमीत अर्यालसँग अमेरिकामा बस्छिन् । उनीहरुका एक छोरी छिन् अक्षता । विस्तारै आफ्नो पुरानो लय छोड्दै ग्लामर्स भूमिका गर्न थालेपछि उनको चलचित्र यात्रा सुस्ताएको धेरै चलचित्रकर्मीहरुको बुझाई छ । उनले झण्डै दर्जन बढी नेपाली चलचित्रमा ग्लामर्स भूमिका निर्वाहा गरेकी छिन् । अमेरिकामा सञ्चालित एक बैंकमा काम गर्ने अमीत अर्याल र अरुणीमाले लामो समय प्रेम सम्बन्धमा रहेपछि विवाह गरेका थिए । लगातार आफु अभिनित चलचित्रहरु असफल हुँदै गएपछि स-परिवारसहित अमेरिकामा रहँदै आएकी अरुणीमा अब पुनः नेपाल फर्किएर अभिनयमा लाग्ने तयारीमा छैनन् । उनले औपचारिक रुपमै चलचित्र अभिनयबाट टाढा रहेको जानकारी नदिएपनि उनको अमेरिका बसाईले भने यही नै देखाउँछ । अब यो त उनैलाई थाहा हो कि नेपाल फर्किएर अभिनयमा लाग्ने वा नलाग्ने । तर, अब अरुणीमा ठूलो पर्दाबाट टाढा रहेर सम्पूर्ण समय परिवारलाई दिन चाहन्छिन् ।