बलीउड एक्ट्रेस करीना कपूर खान गएको महिना मात्र बेबी बोय तैमूरकी आमा बनेकी छिन् । तैमूर आएको बेला देखी करीनालाई पार्टी गर्दै गरेको र पति सैफसँग डिनर डेट इन्जोय गरिरहेको देखिएको छ । हालैमा करीना नयाँ लुक र हेयरकटमा देखिएकी छिन् । उनको न्यू लुकलाई देख्दा यो अन्दाज लगाउन सकिन्छ कि उनी चाँडै ठूलो पर्दामा ईन्ट्री मार्दैछिन् ।
हालैमा करीना कपूर खानलाई बान्द्राको एक हेयर सैलूनमा देखिएको थियो । करीनाले आफ्नो कपालको नयाँ मेकओवर गरेकी छिन् र यो नयाँ हेयरकटमा करीना निकै व्यूटीफुल देखिएकी छिन् । करीनाले नयाँ लुकको तश्वीरहरु इंस्टाग्राममा पनि शेयर गरेकी छिन् । करीनाले गएको महिनाको २० तारीखमा छोरा तैमूर अली खानलाई जन्म दिएकी थिइन । उनी चाँडै फिल्म ‘वीरे दी वेडिंग’ मा देखिदैछिन् ।