५० बर्ष पुरानो कथामा निर्माण भएको चलचित्र ‘पञ्चायत’ को यति बेला धमाधम डविङ कार्य भइरहेको छ । चलचित्रको डविङमा बाग्लुङमा बोलिने भाषाको प्रयोग गरिएका कारण कलाकारलाई चलचित्रमा आफ्नो भाषा मिलाउन केही समय बढी लागेका कारण डविङ कार्यमा ढिलाई भएको चलचित्रका निर्देशक शिवम अधिकारीले जानकारी दिए । अर्को बर्ष रिलिज गरिने तयारीमा रहेको चलचित्र ‘पञ्चायत’ मा संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेका छन् । गणेश गिरीको प्रस्तुति रहेको यस चलचित्रमा सुशान्त श्रेष्ठ र शंकर सुवेदी निर्माताको रुपमा रहेका छन् ।
चलचित्रलाई अन्तराष्ट्रिय फेस्टिभलहरुमा सहभागी गराउने तयारी समेत गरिएको निर्माता सुशान्त श्रेष्ठले जानकारी दिएका छन् । चलचित्रमा सरोज खनाल, नीता ढुङगाना, रुपा राना, गणेश गिरी,जाहन्वी बस्नेत, बिशाल पहाडि गिता अधिकारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, टंक बुढाथोकीको संगीत रहेको छ ।