रिलिज मिति फाइनल गर्नु अगावै चलचित्र ‘कुम्भ करण’ को टीजर रिलिज भएको छ । कमेडी शैलीमा तयार पारिएको टीजरमा नायिका निशा अधिकारीलाई केन्द्रमा राखिएको छ । एक गाउँको विद्यालयमा अंग्रेजी शिक्षिका बनेकी निशाको पछाडी प्रिन्सिपलदेखी पिउनसम्म दौडिएको टीजरमा देख्न सकिन्छ । टीजरमा चलचित्रका मुख्य कलाकार गौरव पहारी, भोला सापकोटा, अभय बराललाई पनि देखाइएको छ । आकाश पल इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई दीपक वलीले निर्देशन गरेका हुन् । चलचित्रमा आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री, सद्भाव थापा लगायतका कलाकारलाई पनि दर्शकले देख्न सक्नेछन् । महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको यो चलचित्र सुरेन बसेलको नृत्य निर्देशन, हरि लामाको छायांकन, अर्जुन जीसी र मिलन श्रेष्ठको सम्पादन छ । आकाश पलको प्रस्तुतीमा तयार भएको चलचित्रमा क्षितिज बस्नेतको निर्माण, रोम वलीको सह–निर्माण छ ।