हालैमा भएको सौन्दर्य प्रतियोगिता ‘मिस यूनिवर्स २०१६’ मा दुनियाँभरका सुन्दरीहरुलाई मात खुवाउँदै फ्रान्सकी इरिस मितेनाएरेले यसको ताज पहिरिइन । फिलीपीन्सको राजधानी मनीलाको मोल अफ एशिया एरेनामा मेजबान हार्वेले इरिसको नाम घोषणा गरेका थिए । मिस यूनिवर्स २०१६ पिया वुर्टजबाकले इरिसलाई ताज पहिराएकी थिइन । इरिस डेन्टल सर्जरीमा डिग्री गरिरहेकी छिन् । उनलाई खेलकूद, दुनियाँभर घुम्न र नयाँ फ्रान्सीसी व्यन्जन बनाउने निकै सौख छ ।
यो प्रतियोगितामा मिस हैतीको फर्स्ट रनरअप र मिस कोलम्बियाको सेकण्ड रनरअप घोषित गरिएको थियो ।