अनुप बिक्रम शाहीलाई मुख्य भूमिकामा लिएर विवेक सापकोटाको निर्देशनमा चलचित्र ‘निसाफ’ बन्ने भएको छ । चलचित्रमा अनुप बिक्रम शाहीका अलवा सरोज खनाल, धु्रव कोइराला, यादव बैरागी, भरत ढुङगाना र नव प्रस्तुति साधना सिलवाल, शिशिर भट्ट, सगुन थापा, बिजयजंग रायमाझी लगायत कलाकारको चलचित्रमा मुख्य भुमिका रहनेछ । अपराधिक घटनामा प्रेमकथा मिसाएर यो चलचित्र निर्माण हुन लागेको हो । सुपरियल फिल्मस्को ब्यानरमा बन्ने ‘निसाफ’ लाई एस जंग रानाले निर्माण गर्न लागेका हुन् । चलचित्रको लेखन पनि निर्देशक विवेक आफैले गरेका हुन् । आगामी फागुन ५ गतेबाट फ्लोरमा जान लागेको यो चलचित्रमा दिब्य सुवेदीको छायाँकन, मनोज चौलागाइको संगीत,श्री श्रेष्ठको द्धन्द्ध र कवीराज र बब्बुको नृत्य रहनेछ ।