नायक जीवन लुइँटेल र नायिका नीता ढुंगाना अभिनित चलचित्र ‘लेक साइड’ को नयाँ गीत रिलिज भएको छ । विनय केतुको स्वर रहेको ‘मेरो एञ्जल’ बोलको गीतमा चन्द्र ज्योती ढुंगानाको शब्द र संगीत रहेको छ । गीतमा नायक जीवन लुइँटेल ह्विलचियरमा देखिएका छन् ।
सुन्दर नगरि पोखराको पर्यटक स्थल लेकसाइडमा सङ्गीतको खोजीमा दौडिने एउटा पात्रको रुपमा जीवन लुइटेल चलचित्रमा देखा पर्नेछन । र, उनको सपनामा विश्वास गरी साथ दिनेछिन् नायिका निता ढुंगानाले । चलचित्र ‘नोटबुक’, ‘भुलभूलैया’ र ‘धुन’ पछि जीवन र नीताले ‘लेक साइड’ चलचित्रमा चौंथौ पटक काम गरेका हुन् । राजु अधिकारीको निर्देशनमा बनेको यो चलचित्र आशुतोस फिल्म्स प्रोडक्सन प्रा.ली. र चन्द्रज्योती फिल्म्सको ब्यानरमा तयार भएको हो । ‘लेक साइड’ चलचित्रलाई चन्द्रज्योती ढुंगाना र एञ्जल ढुंगानाले निर्माण गरेका हुन् ।