नायक निखिल उप्रेती स्टारर चलचित्र ‘राधे’ को नयाँ गीत रिलिज भएको छ । केही दिन अगाडी कालिञ्चोकको हिउँमा खिचिएको ‘मलाई माफ गर प्रिया’ बोलको गीतमा नायक निखिल उप्रेती र नायिका प्रियंका कार्की फिचरिङ छन् । प्रेमभाव बोल्ने गीतमा बलीउड गायक अभिजित भट्टाचार्यको स्वर रहेको छ भने अर्जुन पोख्रेलको शब्द र संगीत छ । गीतमा प्रियंका र निखिलको केमेष्ट्री लोभलाग्दो देखिन्छ । त्यस्तै, गीतबाट नै चलचित्रको मेकिङ पनि स्पष्ट झल्किएको छ । यो गीत छायाँकन गर्दा नायिका प्रियंका कार्की अत्याधिक चिसोका कारण बेहोस समेत भएकी थिइन । चलचित्रमा निखिलका अलवा प्रियंका कार्की, अशिष्मा नकर्मी, शिशिर भण्डारी, प्रमोद अग्रहरि र सलोन बस्नेतको मुख्य भूमिका छ ।
बैशाख १ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रमा हिमाल केसीको एक्सन, रामजी लामिछानेको नृत्य, कृष्ण श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, गौतमराज खड्काको सम्पादन रहेको छ । हरि ओम् सिने मेकर्सको ब्यानरमा तयार भएको यो चलचित्रलाई सुशिल पोख्रेलले निर्माण गरेका हुन् । चलचित्रका निर्माता सुशिल पोख्रेलले पहिलो पटक फरक कथावस्तुमा चलचित्र ‘राधे’ निर्माण गरेको जानकारी दिए । चलचित्रमा लेखन तथा निर्देशन जगदिश्वर थापाको छ ।