सिंगर, डान्सर र कोरियोग्राफर शकीराले हिजो आफ्नो ४० औं जन्मदिन मनाइन । उनको जन्म २ फेब्रअरी, १९७७ मा कोलम्बियामा भएको थियो । उनले मात्र १३ बर्षको उमेरमा मागिया एल्बमबाट डेव्यू गरेकी थिइन । त्यसपछि उनले करियरलाई कहिले पनि पछाडी फर्केर हेर्नु परेन । उनले कयौ म्यूजिक एल्बममा काम समेत गरिसकेकी छिन् र एल्बम पनि रिलिज गरिसकेकी छिन् ।
बताइदिउँ कि उनी एक उत्कृष्ट डान्सर समेत हुन । उनले दुनियाँका कयौ देशहरुमा आफ्नो लाइभ परफर्मेन्स पनि दिइसकेकी छिन् । हालैमा उनको एक गीत ‘वाका-वाका’ रिलिज भएको थियो, जुन निकै चर्चित बनेको थियो । शकीरा फुटबल प्लेयर गेरर्द पिकुएसँग रिलेशनसिपमा छिन् । उनको दुई छोरा मिलान पिकुए र साशा पिकुए छन् । तर, अहिलेसम्म उनीहरुले विवाह भने गरेका छैन ।