पाकिस्तानी ‘रअ’ एजेन्सी आइएसआइको पैसामा नेपालमा भोजपुरी फिल्म इन्डस्ट्री सञ्चालन भइरहेको खुलासा भएको छ । भारतको लोकप्रिय दैनिक पत्रिका ‘दैनिक जागरण’ ले यो खबर बाहिर ल्याएको हो । आइएसआइले नै नेपालमा बनेको भोजपुरी फिल्म ‘रफ्तार’ का लागि ब्रजकिशोर गिरीलाई पैसा उपलब्ध गराएको थियो । आइएसआइको पैसामा गिरीले एक अर्को पनि भोजपुरी फिल्म ‘ऐ मोरे जान, तोहरे में बसे ले हमरे प्राण’ को निर्माण गरिरहेका छन् ।
यसको खुलासा आइएसआइ एजेन्ट गजेन्द्र शर्माले नेशनल इन्वेस्टीगेशन एजेन्सी (एनआइए) को समक्ष गरेका छन् । गजेन्द्र शर्मा कानपुर रेल घट्ना र पूर्वी चंपारणको घोडासहन रेलवे ट्रयाक विस्फोटको आरोपी हुन । एनआइएको दबावमा उनले १३ फ्रेवअरीमा मोतिहारी कोर्टमा आत्मसमर्पण गरेका थिए ।
गजेन्द्र शर्माले एनआइएसँगको सोधपुछको क्रममा बताए कि उनी एक भोजपुरी लोकगायक हुन । नेपाल र भारतमा उनले दर्जन बढी कार्यक्रमको आयोजना गरिसकेका छन् । उनले गएको बर्ष नेपालको विरगंजमा बलीउड स्टूडियो सञ्चालन गर्नका लागि ब्रजकिशोर गिरीको सम्र्पकमा पुगेका थिए । गिरीले उनीलाई नेपाली फिल्ममा काम दिने र आफ्नो स्टूडियोबाट एल्बम समेत बनाइदिने वाचा गरेर आइएसआइको साथ काम गर्ने अफर दिएका थिए ।
कानपुर रेल घट्नाका आरोपितसँग सोधपुछको दौरान कयौं चकित बनाउने खुलासा पनि भएको छ । यसमा यो पनि छ कि आइएसआइको पैसामा नेपालमा भोजपुरी फिल्म बनिरहेको छ ।
गिरी अहिले दुई भारतीय यूवक अरुण राम र दीपक रामको हत्याको मामिलामा नेपाल जेलमा छन् । उनको साथ नेपालमा भोजपुरी फिल्ममा काम गर्ने मुकेश यादव पनि छन् । गिरी भोजपुरी फिल्मका समेत निर्माता हुन । उनको विरगंजमा आफ्नो स्टूडियो समेत छ । साथै, उनले ‘रफ्तार’ नामक नेपालमा निर्मित भोजपुरी फिल्ममा एक्टर भएर पनि काम गरेका छन् । निर्माणाधीन फिल्म ‘ऐ मोरे जान, तोहरे में बसे ले हमरे प्राण’ का प्रोड्यूसर र एक्टर पनि हुन उनी ।
गजेन्द्र शर्माले यो पनि बताएका छन् कि दुबईमा बसेर नेपालमा आइएसआइको गतिविधिहरुलाई सञ्चालन गर्ने शम्सुल हुदाले नेपालमा निर्मित कयौं भोजपुरी फिल्मका लागि पैसा उपलब्ध गराएका थिए ।
शम्सुललाई यूएईको सरकारले भारत र नेपाल सरकारको आग्रहमा दुबईबाट डिपोर्ट गरेर केही दिन अगाडी काठमाडौं पठाएको थियो । उनलाई काठमाडौं एयरपोर्टमा नेपाल प्रहरीले पक्राउ गरेर जेल चलान गरेको छ ।