अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन, दिलीप कुमार, कादर खानपछि सोशल मिडियामा वेटरन एक्ट्रेस फरीदा जलालको मृत्युको हल्ला चलेको छ । केही दिन अगाडी ट्विटर र फेसबुकमा फरीदाको एक तश्वीर खुबै भाइरल बनेको थियो र लेखिएको थियो, ‘RIP Farida Jalal (1949-2017)’
फोटो भाइरल भएपछि फरीदालाई एकपछि अर्को फोन आउन थाल्यो, जसबाट उनी निकै चिन्तित भईन । मृत्युको खबर बाहिर आएको भोलीपल्ट उनले एक विज्ञप्ती जारी गर्दै भनेकी छिन्, ‘म विल्कुलै स्वस्थ र तन्दुरुस्त छु । मलाई थाहा छैन कि यस्ता गलत हल्ला कसले चलायो । पहिला त म निकै हाँसे, तर त्यसको आधा घण्टापछि मेरो फोनको लगातार बजिरहेको छ र एउटै प्रश्न सोधिरहेका छन् । मलाई अचम्म लाग्छ मानिसहरु यस्तो गलत हल्ला निक फैलाउँछन् ।’ बताइदिउँ, चाँडै फरीदा जलाल फिल्ममेकर इमरान खानको फिल्म ‘सरगोशियन’ मा एक कश्मीरी महिलाको भूमिका निभाउँदै छिन् ।