नेपाली चलचित्र क्षेत्रमा अवार्ड दिने काम एउटा व्यवसायी काम झै भएको देखिन्छ । आयोजक र जुरीको तालमेलमा यहाँँ अवार्ड वितरण गरिने काम भइरहेको गुनासो छ । अहिलेको मुख्य बिषय भनेको किन प्राय अवार्डहरुमा एउटै अनुहार भएका व्यक्तिहरुको मात्र हालिमुहाली देखिन्छ भन्ने हो ।
एकाध अवार्ड छोड्ने हो भने नेपाली चलचित्र क्षेत्रमा वितरण गर्ने सिने अवार्डहरु सधै नै विवादित रहने गरेका छन् । अवार्डमा योग्यलाई भन्दा आफनो भलो गर्ने र आफुलाइ फाइदा दिनेहरुलाई अवार्ड दिने गरिएको सिनेकर्मीहरुको आरोप नै छ ।
अहिले हाम्रो देशमा धेरै अवार्ड कार्यक्रमहरुको आवश्यक्ता खासै नरहेको चलचित्र निर्देशक केपी पाठक बताउँछन् । ‘अवार्ड भनेको पेशागत संघ सस्थाले गर्ने कुरा होइन ।’ पाठक भन्छन्, ‘अवार्ड त हुन्छ तर आयोजक र जुरी कै मान्छेहरुले मात्र अवार्ड पाइरहेका छन् ।’ अहिले हाम्रो देशमा धेरै अवार्ड कार्यक्रमहरुको आवश्यक्ता खासै नरहेको चलचित्र निर्देशक पाठक बताउँछन् । अवार्ड भनेको पेशागत संघ सस्थाले गर्ने कुरा होइन । पाठक भन्दै थिए, ‘अवार्ड त हुन्छ तर आयोजक र जुरी कै मान्छेहरुले मात्र अवार्ड पाइरहेका हुन्छन् । फेरी अवार्ड बिवादरहित पनि त छैन ।’ जुरीहरुको एउटै अनुहार मात्र देखिने हुनाले पनि अहिले अवार्डको खासै महत्व नरहेको पाठकले बताए ।
सबैलाई थाहा भएकै कुरा हो बिना विवाद अवार्ड हुदैन भनेर । तर हाम्रो देशमा मनोरन्जन क्षेत्र एकदमै सानो छ । यस्तो सानो क्षेत्र भएता पनि विवाद नभई अवार्ड नै हुँदैन । यो सबै हुनुका कारण एउटै छ मनोमानी तरिकाले अवार्ड बितरण गर्नु ।
यो जुरी र आयोजकहरुको आफनो कुरा हो भन्छन रङ्ग पत्रकार दिपेन्द्र लामा । उनी अगाडी भन्छन्, ‘हामीलाई उनीहरुले दिएको अवार्ड मन नर्पन नी सक्छ मन पर्न नी सक्छ । यो त उनीहरुको स्वतन्त्रताको कुरा हो । यसमा एउटा सजिलो के भएको छ भने आयोजक र जुरीले आफना नातेदार आफुले रुचाएकाहरुलाई अवार्ड दिन सक्छन् । किन दिइस भनेर कसैले सोध्ने कुरा पनि त भएन ।
नेपालमा फिल्म बन्ने क्रम जारी नै छ । फिल्म हेर्ने दर्शक पनि कम छैनन । तर दर्शकले मन पराएको फिल्मले धेरै कम अवार्ड पाएको पाइन्छ यहाँ । यस्तो अवस्थामा अवार्ड हुनु र विवादमा आउनु एउटा लाजमर्दो कुरा नै हो । अझ अहिले जुरी मा देखिरहनेहरुलाई एकदमै लाज लाग्नु पर्ने हो । भन्ने नै हो भने जुरीहरुलाई नै थाहा छैन होला वर्षमा कति फिल्म बन्छन् भनेर । यो अवार्ड पनि एउटा पैसा छाप्ने मेशिन जस्तै बनेको छ अहिले ।’
आयोजक एउटै हुनुमा व्यवसायिक कुराहरु हुन सक्ने बताउदै थिए निर्देशक दिनेश डिसी । जुरीमा एउटै मान्छे देखिँदा त्यसको उचित परिणाम नआएको हो भन्छन् डिसी । यसमा आयोजकको एकदमै ठूलो दोष देखिने उनले बताए ।
उनी भन्छन्, ‘हाम्रा जुरीका सदस्यहरुले त बलीउडबाट सिक्नु पर्ने हो । कस्तो हुन्छ अवार्ड र कसरी गरिन्छ अवार्ड भन्ने कुरा । यहाँ जस्तो बलिउडका कलाकारहरु अवार्डका लगि कहिले मरिहत्ते गर्दैनन् । नायक अजय देवगन कहिले निजी अवार्ड समारोहमा देखिदैनन् । यस्तै नायक अमिर खान पनि अवार्ड समारोहहरुमा एकदमै कम देखिने नायक हुन । तर हाम्रा कलाकारहरु अवार्ड पाइन्छ कि पाइदैन भनेर बसिरहेका हुन्छन् ।’
नेपालमा अवार्ड अहिले च्याउ फलेको जस्तो भएर उम्रिन थालेको छ । अवार्ड अहिले फेसनको रुपमा विकास हुँदै छ । अवार्ड आयोजकहरु यती बिवेकहीन भएका छन् कि आफै अवार्ड आयोजना गर्छन र आफनै फिल्म अवार्डको नोमिनेशनमा पार्छन अनि ताल परे जिताउँछन् पनि ।
कलाकार दिपकराज गिरीले आफनो फेसवुक वालमा लेखेका थिए ‘एउटा सिखन्डीलाई जब महाभारतको जिम्मा दिइन्छ त्यहाँँ पाण्डव प्रति अन्याय भयो भनेर कुर्लिनुको कुनै अर्थ हुदैन’ । आफुहरुले वास्तविक अवार्ड दर्शकहरुबाट पाइसकेको उनले लेखेका थिए ।
कलाकार दिपकराज गिरी भन्छन्, ‘यो अवार्ड गर्ने भनेको के जुरीहरुलाई स्थायी नियुक्ति दिएको हो ? सधै तिमीहरु नै बसिराख मोज गरिराख भनेको हो ? फेरी अहिले अवार्डमा कस्तो चलन अवार्ड पाउने सबै जाने अवार्ड नपाउने कोही पनि नजाने । अहिले अवार्ड फेस्टिवलको रुपमा चलेको छ भन्दा पनि हुन्छ । अवार्ड पाउने पाउनेहरुको फेस्टिबल क्या’