अष्ट्रेलियाकी मिस वर्ल्ड अस्ट्रेलिया कन्टेस्टकी अन्तिम प्रतिस्पद्र्यी मध्येकी एकको कार दुर्घटनामा मृत्यु भएको छ । अस्ट्रेलियाई समाचार पत्र कुरियर मेलले शुक्रबारको बताएको छ कि १७ बर्षकी एलिस मिलर-केनेडी क्वन्ीसलैन्ड २०१६ को मिस वर्ल्ड प्रतियोगितामा सहभागी भएकी थिइन । उनी करिब एक हप्तादेखी अस्पतालमा मस्तिक र छातीको गम्भिर चोटका कारण भर्ना भएकी थिइन । मीडिया रिपोर्टका अनुसार एलिसको दुई फ्रान्सीसी पर्यटकको कारसँग भिडन्त भएको थियो, जो गलत तरिकाले सडकमा कार चलाइरहेका थिए ।
अधिकारिहरुले पनि अहिलेसम्म दुर्घटनामा घाइते भएका फ्रान्सीसी चालकसँग पनि सोधपुछ गरेका छैनन्, जसको अहिले उपचार भइरहेको छ । फरेन्सि जाँचको नतिजापछि मात्र कसको गल्ती भएको भन्ने थाहा हुने प्रहरी अधिकारीहरुले जनाएका छन् । अस्ट्रेलियामा मिस वर्ल्ड प्रतियोगितामा सहभागी सबै व्यक्तिहरुले एलिसको मृत्युलाई लिएर दुख व्यक्त गरेका छन् । मौजूदा मिस वर्ल्ड अस्ट्रेलिया मेडेलीन कोवले भनेको छ कि ‘उनी राम्री थिइन र उनी जे चाहन्थिन त्यो गर्न सक्थिन ।’