‘मैंने प्यार किया’ फेम भाग्यश्री शुक्रबारबाट ४८ बर्षमा लागेकी छिन् । यो फिल्ममा भाग्यश्रीले सलमान खानकी प्रेमिकाको भूमिका निर्वाह गरेकी थिइन । जसबाट उनी निकै चर्चित भएकी थिइन । तर, यसपछि भने भाग्यश्रीले कुनै पनि हिट फिल्म दिन सकिनन् । भाग्यश्री अहिले टिभी सीरियलमा काम गरिरहेकी छिन् । मिरजका शाही पटवर्धन परिवारमा उनको जन्म भएको थियो । उनको पूरा नाम श्रीमन्त राजकुमारी भाग्यश्री राजे पटवर्धन हो । सांगलीका राजा श्रीमन्त विजयसिंह राव माधव राव पटवर्धन उनका पिता हुन ।
दूरदर्शनको कार्यक्रम, अमोल पालेकर द्वारा निर्मित टेली -सीरियल ‘कच्ची धूप’ मा उनलाई पहिलो पटक दर्शकहरुले देखे । ‘मैंने प्यार किया’ उनको पहिलो बलीउड डेब्यू फिल्म हो । यो फिल्म सुपरहिट भएपनि उनले फिल्म लाइनमा करियर बनाउन छोडेर घरेलू जिन्दगी विताउने निर्णय लिइन । विवाहपछि उनले आफ्नो श्रीमानसँग २/३ फिल्ममा काम गरेकी थिइन ।