भारतकी चर्चित कमेडियन भारती सिंहले अब चाँडै बिहे गर्ने भएकी छिन् । उनले आफ्नो ब्वाईफ्रेण्ड लेखक हर्ष लिबाचियासँग यस वर्ष विहे गर्ने निर्णय गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार आफ्नो विवाहलाई लिएरु भारती निकै रोमान्चीत छन् । भारतीले विवाहमा हुने सबै कर्मकाण्ड गरेरमात्र विवाह गर्ने बताएकी छिन् ।
टेलिभिजन सोमा व्यस्त रहेकी भारतीले विवाहका लागि पनि समय छुट्याउन सकिरहेकी थिइनन् । तर, यस वर्षको अन्तिममा विवाह गर्ने लगभग पक्का भइसकेको छ । हाल उनले ‘कमेडी नाइट्स बचाओ ताजा’ सो होस्ट गरिरहेकी छिन् ।