कंगना रनोटले फिल्म ‘रंगून’ साइन गर्दाको समयमा एउटा शर्त राखेकी थिइन कि उनी दुई हिरोभन्दा १ लाख बढी पारिश्रमिक लिनेछिन् । जहाँ, सैफ अली खान र शाहिद कपूरले ७ ७ करोड पारिश्रमिक लिएका थिए भने कंगनाले ७ करोड १ लाख पारिश्रमिक लिएकी थिइन । त्यसो त, कंगनाका अलवा यस्ता केही स्टार्स पनि छन्, जो फिल्म साइन गर्नुभन्दा अगाडी शर्त राख्ने गर्छन । ति मध्ये बलीउडका सुल्तान सलमान खान पहिलो नम्बरमा पर्छन । सयौ हिट फिल्म दर्शकहरुलाई दिइसकेका सलमान खानको कन्ट्रेक्टमा नो किसिंग सीन्सको शब्द हुने गर्छ । बर्षौदेखी सलमान यो रुललाई फलो गर्दै आइरहेका छन् र फिल्ममेकर्सलाई पनि यसमा कुनै समस्या देखिएको छैन ।